१७ कार्तिक २०८३, मंगलबार

श्रीमान कारागारबाट भाग्दा श्रीमतीले आत्महत्या गरिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ssp-sarbendra1-624x551

काठमाडौं, ५ वैशाख । ओखलढुंगाबाट जेल तोडेर भागेका श्रीमानसँगै हिडेकी एक महिलाले भारत पुगेर आत्महत्या गरेकी छिन् ।

२०६० साल माघ १० गते काकाको छोरा गण्ड बहादुर राईलाई हत्या गरेको अभियोगमा जिल्ला कारागार ओखलढुंगामा जेल जीवन बिताई रहेका ४५ वर्षीय घटना हुँदा वर्ष (३२)को लड्वीर राई २०६३ वैशाख १० गते जेल तोडेर भाग्दै भाग्दै भारत पुगेका थिए ।

प्रहरीबाट बच्न उनी श्रीमती र सन्तान लिएर भारत गएका थिए । जहाँ उनकी श्रीमतीले आत्महत्या गरेकी हुन् । त्यसपछि उनी त्यहाँ तीन वर्ष जेल बसेका थिए ।

जेलबाट छुटेपछि केही समय काम गरि काठमाडौं फर्किएर कोठा लिएर बस्दै आएका उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले १० वर्षपछि वैशाख १ पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका राईलाई महानगरीय प्रहरीले ओखलढुंगा प्रहरीको जिम्मा लगाएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु :

  • मिति २०६० साल मंसिर १० गते गाउँमा आफ्नै काकाको छोरा गण्ड बहादुर राईको हत्यामा संलग्न रहेको र अदालतबाट २०६०/०९/०२ गते पुर्पक्ष सजाय तोकी ओखलढुंगा कारागारमा जेल जीबन विताईरहेको ।
  • २०६३/०१/१० गते जिल्ला कारागार ओखलढुंगा तोडी फरार भएको र ओखलढुंगा तथा छिमेकी जिल्लाहरुमा लुकीछिपी बस्ने गरेको ।
  • निज संगै कारागारबाट भागेका साथीहरुले लुकेर बस्नु पुन: पक्राउ पर्न सकिन्छ भने पछी श्रीमती र बाल बच्चा समेत लिएर भारतको सिलाङमा गई कोईलाखानीमा काम गरी बसेको ।
  • सिलाङमा भएको बेला श्रीमतीले आत्म हत्या गरेपछी निजले भारतमा समेत ३ वर्ष जेल सजाय भोगेको ।
  • भारतमा करिब ७ वर्ष बसेर करिब २ बर्ष अगाडी नेपाल आएपछी काठमाण्डौंमा कोठा लिई घरमा रंग लगाउने काम गर्दै आएको तर कोठाको सामान चोरी भएपछी कोठा छाडेर बौद्द एरियामा कहिले छोरीहरुको कोठामा र कहिले दिदीको घरमा बस्दै आएको ।
  • निजको खोज तलास गर्ने क्रममा मिति २०७३/०१/०२ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले निजलाई पक्राउ गरी मिति २०७३/०१/०५ गते कानुनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पठाईएको छ ।