काठमाडौं, ५ बैशाख । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा सञ्चालन हुने तेस्रो समूहको अग्नी नियन्त्रण, रक क्लाइम्विङ तथा प्राथमिक उपचार तालिम सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी उपरीक्षक प्रदीप श्रेष्ठले उक्त तालिमको आइतबार उदघाटन गर्दै नेपाल प्रहरीका तालिममध्ये यो तालिम महत्वपूर्ण भएकाले प्रशिक्षकहरुले समेत विशेष अध्ययन गरी प्रशिक्षार्थीहरुलाई विषयवस्तुमा केन्द्रीत भई ज्ञान दिलाउनुपर्ने बताउनुभयो । तालिम व्यावसायिक जीवनमा मात्र उपयोगीमुलक नभइ व्यावहारिक जीवनमासमेत काम लाग्ने भएकाले प्रशिक्षार्थीहरुले अनुशासित र लगनशील भई इमान्दारीपूर्वक तालिम हासिल गर्नुपर्ने उहाँले बताउनुभयो ।
समारोहमा तालिम संयोजक प्रहरी निरीक्षक मानबहादुर राईले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २४ कार्य दिनको तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान २६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।













प्रतिक्रिया