१७ कार्तिक २०८३, मंगलबार

ट्रयाक्टर दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tractorदाङ, ५ वैशाख । दाङमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

घोराही– ७ बाँसवोटमा आज बिहान रा १ त १४२७ नम्वरको ट्रयाक्टरले रा १ प ५२१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सैघा– १ का ३७ वर्षीय नरबहादुर गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रकाशराज शर्माका अनुसार घाइते गिरीलाई उपचारका लागि घोराहीस्थित उपक्षत्रीय अस्पताल पुगाउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार सैघा– २ का २२ वर्षीय खेमबहादुर भण्डारी घाइते भएका छन् । उनको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दाङवाट रोल्पातर्फ जाँदै गरेको ट्रयाक्टरले र विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो ।