८ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरीले जनतासँग यसरी यसरी रकम असुल्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

जनकपुरधाम, ५ वैशाख । सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको पाइएको छ ।

भारतीय सीमानाकासँग जोडिएको धनुषाका ग्रामीण भेगहरुमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको खुलेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

धनुषाका दक्षिणी भेगमा रहेको डेबडिहा गाउँको जमुनीधारवारि नेपाल भारत सीमामा शनिवार सशस्त्र प्रहरीका जवानले तस्करहरुसँग मिलि रकम लिएर सामान छोेड्ने गरेको भेटिएको छ ।

सुनसान स्थानमा रहेको सीमानाकामा मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरुको भीड हुने गरेको छ ।

जनकपुरबाट सवैभन्दा नजिक सीमापारिको बजार हरिलाखीबाट व्यापारीहरुले खाने तेल, मसला, किसाना सामान, ग्यास तथा इलेक्ट्रोनिक सामान ल्याउने गरे पनि सुरक्षामा खटिएका प्रहरी जवान तथा अधिकारी उनीहरुलाई बिनाकुनै जाँच नेपाल भित्रने अनुमति दिइरहेका छन् ।