८ कार्तिक २०८३, आइतबार

गाविस सचिवहरूलाई यसरी आयो विशेष मौका र भत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ga Bi Sa Sachibकाठमाडौं, ५ वैशाख । सरकारले गाविस सचिवहरुलाई मूल्यांकनमा आधारित प्रोत्साहन भत्ता दिने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको कान्तिपुर दैनिकले समाचार छापेको छ । ‘नयाँ प्रस्तावअनुसार, गाविस सचिवहरुले बढीमा तलबको आधा अर्थात ५० प्रतिशत भत्ता पाउनेछन् । केही सूचकहरु तथ्य गरेर त्यसको पालनाको आधारमा भत्ता दिने व्यवस्था गर्न खोजिएको हो’, मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने ।

मन्त्रालयले आगामी मन्त्रिपरिषदबाट प्रस्ताव पारित गर्ने तयारी थालेको छ ।

भूकम्प प्रभाति १४ जिल्लाका गाविस सचिवले भने अतिरित्तm काम गरेमा खाजा भत्ता पाउने व्यवस्था हुन लागेको छ ।

मन्त्रालयले नै सडक सुविधा पुगेका २ हजार ६७१ गाविसलाई मोटरसाइकल खदरिद गर्न सक्ने सुविधा दिएको छ ।