३१ आश्विन २०८३, शनिबार

पाथिभरा देवीको कथामा आधारित नाटक मञ्चन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pathibhara Devi– कृष्ण ओझा
पाँचथर । पूर्वी नेपालको धार्मिक तथा पर्यटकीय स्थल पाथिभराको उत्पत्तिको कथामा आधारित नाटक फिदिममा मञ्चन भएको छ ।
चेतना नाट्य समुह इलामले फिदिममा पाथीभराको उत्पत्ति शीर्षकको नाटक प्रदर्शन गरेको हो । पाथिभरा देवीको ऐतिहासिक कथाका आधारमा नाटक तयार गरिएको हो ।

डा. देवी क्षेत्री दुलालको लेखन तथा सुरेश पोर्तेलको निर्देशनमा नाटक तयार पारिएको हो । नाटकमा लेकाली ठाउँमा पाथिभरादेखि कसरी उत्पत्ति भईन भन्ने किंवदन्तीलाई उतार्ने प्रयास गरिएको छ ।

नाटकमा नविना लुईंटेल, गिता फागो, याम आचार्य, प्रमिला कार्की, सुस्मिता कटुवाल, सृजना राई, सन्देश थुलुङलगायतका कलाकारले अभियन गरेका थिए ।

लेकाली क्षेत्रमा गोठ पाल्ने र गाई वस्तु जंगलमा चराउने चलन थियो । चरनमा गएका गाई वस्तु हराएपछि गोठालाहरुले खोजीगर्दा भेटेन्न ।

एक दिन देवी प्रकट भई आफूले वस्तु सकुसल लुकाएर राखेको बताउँदै आफू देवी भएकाले चोखोनितो गर्दै पूजा अर्चना गर्न लगाएको किङ्वदन्ति रहेको छ । यही कथा नाटकमा मञ्चन गरिएको हो ।

Pathibhara Devi-1शुक्रबार र शनिबार दिनभर फिदिममा नाटक प्रदर्शन पछि ताप्लेजुङ र दार्जेलिङमा समेत प्रदर्शन गर्ने तयारी भएको दुलाले बताए ।
यो नाटक यसअघि इलाम र काठमाडौंमा समेत प्रदर्शन भइसकेको छ ।