३१ आश्विन २०८३, शनिबार

नायक जीवन लुइँटेलको आँखा सम्पदाको बैसमा परेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeevanकाठमाडौं । नेपाली गीत संगीतका पारखिहरुका लागि गायक राम धिमालको सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ ।

‘कति टिप्छौ ऋतुका फूलहरु, बोल रहेको गितको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् । चल्तीका नायक जीवन लुईटेल र सम्पदा बानियाँको अभिनय रहेको सो गितमा स्वयम् धिमालले संगित भरेका छन् ।

शब्द भने विरेन्द्र राईको रहेको छ । युगल पोमुको कोरियोग्राफी, अमृत सुनुवारको छायाङ्कन, निशान घिमिरेको सम्पादन रहेको म्युजिक भिडियो लाइक नेपाल डट कमले बजारमा ल्याएको हो ।

गायक धिमालले यस अघि समेत लोक दोहोरी एल्बम, धिमाल भाषाको गीति एल्बम लगायत दर्जनौ गितमा स्वर दिई सकेका छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=Z8i_-Y7Vllg