काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको खेलमा नामिबियाले नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो ।
केहीबेरमा नेपाल जवाफी ब्याटिङमा उत्रिदैछ ।
नेपालका लागि वसन्त रेग्मीले ३, सोमपाल कामीले २, कप्तान पारस खड्का र सन्दिप लामिछानेले १/१ विकेट लिए ।
नामिबियाको ब्याटिङतर्फ फारेल बर्गरले सर्वाधिक ३८ रन बनाए ।
















प्रतिक्रिया