८ कार्तिक २०८३, आइतबार

बिरामीलाई तातो झिर तताएर यसरी रोपियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha Hospitalगोरखा, ४ वैशाख । राजधानी र अन्य सहरमा अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न अस्पतालहरु खोल्ने प्रतिस्पर्धा नै छ ।

तर यही देशको अर्को भूभाग गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिर पोलेर उपचार गर्ने कहाली लाग्दो अन्धविश्वास छ ।

स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही– २ का टसी नुर्बु घरको तला उक्लिँदा भर्याङबाट लडे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनको देब्रेपट्टिका एकजोर करङ भाँचिए । गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी थिएनन् । प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्म गाउँका धामीले पाए । धामीले फलामे झिर तताए ।

अनि दुखेको ठाउँ पत्ता लगाइर छेडे । दलुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो । घाउ ठूलौ भयो । पीडा कति भयो भने भाँचिएको ठाउँ दुखेको महसुस भयो ।

करङ त जोडिने कुरै भएन । केही सातापछि पहिलेभन्दा दुःख्न चाहिँ आफै कम भयो । उनको पोलेको घाउ भने अझै निको भएको छैन ।