१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कपः उपाधिका लागि एपिएफ र रेल वे कोलकाता भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-Cup-Mahila-Volleyball

– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, ३ बैशाख । प्रधानमन्त्री कप तेस्रो इन्डो नेपाल महिला भलिबल प्रतियोगिता अन्तरगत सशस्त्र प्रहरीको एपिएफ क्लव र भारतको रेल वे कोलकाता टिम फाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्जस्थित महेन्द्र रङ्गशालामा आज शुक्रबार भएको भएको पहिलो खेलमा न्यू डायमण्ड (एनडिए) लाई पराजित गरी एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

त्यसैगरी यूपि इण्डियालाई पराजित गरी रेल वे कोलकाता टिम फाइनलमा प्रवेश गरेको छ । रेल वे ले यूपिलाई र एपिएफले एनडिएलाई सोझो सेटमा हराएका हुन् ।
पहिलो खेलमा रेल वे कोलकाताले यूपिलाई २८–२६, २५–१९ र २५–८ को सेटमा पराजित गरेको आयोजक जिल्ला भलिवल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । शुक्रबार नै भएको दोस्रो खेलमा एपिएफले एनडिएलाई २५–१५, २५–१९, २५–१९ को सोझो सेटमा पराजित गरेको छ । भोली फाइनल खेल हुने भएको छ ।

तेस्रो पदकका लागि भोली दिउँसो १ वजे एनडिए र यूपि इण्डिया वीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । त्यसैगरी पहिलो र दोस्रोका लागि एपिएफ र रेल वे कोलकाता वीच हुने प्रतियोगिताका संयोजक ठकुरीले जानकारी दिए ।

चैत्र ३० गतेबाट सुरु भएको प्रतियोगितामा भारतका २ सहित ६ वटा टिमको सहभागिता रहेको छ । पश्चिमाञ्चल पोखरा र आयोजक टिम मध्यपश्चिमाञ्चल यसअघि नै बाहिरी सकेका छन् । प्रतियोगिताको विजेताले१ लाख १ हजार, उपविजेताले ५१ हजार र तृतियले ३१ हजार नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।