– प्रकाश मिश्र
कैलाली । बलिउडका सोनु निगम नाम न सुन्ने कमै होलान, हो तिनै सोनु निगमका साउण्ड इन्जीनियर प्रकाश विसी अब नेपाली कला क्षेत्रमा आफूलाई चिनाउन के दोश २ नामक भिडियो बजारमा लिएर आउँदैछन ।
भारतको मुम्बइमा लामो समयसम्म बलिउड कलाकार निकट भएर काम गरिरहेका प्रकाश अब आफू नेपाली कला क्षेत्रमा चिचिन चाहेको बताउँछन । हो तिनै प्रकाश विसिले अहिले भारतका विभिन्न स्थानमा छायांकन गरेर नेपाली गीतको भिडियोहरु के दोश २ नामक कलेक्सन भिडियो नेपालि वजारमा ल्याउदैछन ।
राइ इज किङ गयक राजेश पायल राई, स्वरुपराज आचार्य, हेमन्त शर्मा, प्रमोद खरेल, अन्जु पन्तका गीतहरु के दोश २ मा समावेश हुने प्रकाशले बताए । यस कलेक्सन भिडीयोमा प्रकाशनै मुख्य भूमिकामा रहेका छन भने निर्देशन पनि प्रकाशले नै गरेका हुन ।
बलिउड क्षेत्रमा परिचित मान्छे किन नेपालि कलाक्षेत्रको मान्छे तपाइलाई भन्ने हाम्रो प्रश्नमा प्रकाशले मुस्कुराउदै भने मान्छे जता भएपनि यो मन त मेरो नेपाली हो ।
















प्रतिक्रिया