३१ आश्विन २०८३, शनिबार

यो नग्न फोटोले चीनमा हंगामा, पवित्र तालमा सबै देखाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । चीनमा एउटा महिलाको नग्न फोटोले हंगामा मच्चिएको छ ।

यो फोटो चीनको तिब्बत प्रान्तको हो । जहाँको पवित्र यमदोर्क तालमा एक महिलाले शरीरका सबै अंग देखाएर फोटोसुट गरेकी छिन् ।

उनको फोटोलाई सामाजिक संजाल विबोमा योचुम डोल्करले पोस्ट गर्दै सार्वजनिक गरेको हो । र यो फोटो चीनमा निकै भाइरल पनि बनेको छ ।

तर, यो फोटोको तिब्बती समुदायका इन्टरनेट प्रयोगकर्ताले विरोध र आपत्ति जनाएका छन् । उनीहरुले पवित्र तालमा नग्नता प्रदर्शन गरेको र धार्मिक आस्थाको तालको अनादर गरेको आरोप लगाएका छन् ।

केही प्रयोगकर्ताले भने उनको फोटोलाई पर्यटन प्रचारप्रसारसँग जोडेर मन पराउँदै प्रशंसा पनि गरेका छन् ।