८ कार्तिक २०८३, आइतबार

विदेशमा बसेका नेपालीले धमाधम पैसा पठाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ । दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त भएपनि नेपालमा भने आकासिएको हो ।

दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा अधिक मात्रामा रेमिट्यान्स आप्रवाह बढ्नुमा भूकम्पलाई प्रमुख कारण मानिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

यसैगरी छिमेकी भारत विश्वमै सवैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक भएको छ ।

विश्व बैँकले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सन् २०१४ को तुलनामा २०१५ मा रेमिट्यान्स आप्रवाह २०.९ प्रतिशतले बढेको हो ।

यस्तो बृद्धिदर २०१४ मा ३.२ प्रतिशतमात्र थियो । विश्व बैँकका अनुसार गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि विदेशमा रहेका आफन्तले औसत अवस्थामा भन्दा निकै बढी मात्रामा घरमा पैसा पठाए ।

भूकम्पपछि परिवारमा भेटघाट गर्न विदेशबाट नेपाल आउनेको संख्या पाँच गुणाले बढ्यो ।

भूकम्पपछिका केही महिनासम्म दैनिक औसतमा चार हजारजना विदेशबाट आफ्नो घरमा फर्किएका थिए । यसरी फर्किएकाले प्रशस्त पैसा समेत ल्याएका थिए ।