८ कार्तिक २०८३, आइतबार

लेबनानमा नेपाली महिलाको यसरी भयो बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । कैलालीको धनगढी उपमहानगरपालिका– १८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन् ।

११ वर्षको छोरा राहुल र घरपरिवार छाडेर गएकी सावित्रीले लेबनान गएर राम्रो कमाउन त सकिनन् नै, स्वदेश फर्किन पनि असमर्थ भएकी छिन् ।

उनलाई गाउँकै चिनजानका ईश्वर लामाले लेबनान पठाएका थिए । राम्रो कमाई हुने प्रलोभन दिएर उनले सावित्रीलाई लेबनानस्थित बेरुतको मुसाहमुद गाउँमा पठाएको उनकी आमा मायाले बताइन् । ‘चिनजानको मान्छेले धोका देला भन्ने कल्पना पनि गरिएन, मायाले भनिन्’, तर अहिले छोरी घरकी न घाटकी भएकी छन् ।’

उनी एक वर्षअघि नमस्ते स्माइल कम्पनीमार्फत काठमाडौंबाट लेबनान उडेकी थिइन् । उनका बुबा मानबहादुरका अनुसार उड्नुअघि ईश्वरले सावित्रीलाई प्रतिमहिना २ सय ५० लडर तलब पाइने बताएका थिए । सावित्रीलाई केयरगिभरको काम गर्न भनेर पठाइएको थियो ।

तर सावित्री काम गर्ने घरमा सुरुदेखि नै सास्ती भोग्नु परेको उनका बुबा मानबहादुरले बताए ।

घरवालाले अनेक बहानामा पिट्ने राम्ररी खानासमेत नखिदएर दुःख दिन थालेपछि सावित्री राहदानी, भिसालगायत कागजात त्यही छोडेर भागिन् ।

उनले अहिले एकजना फिलिपिनो महिलाको संरक्षणमा बसेको मानबहादुरले बताए ।