काठमाडौं, २ वैशाख । अर्काको भूमिमा पुगेर कुनै नागरिकले आफ्नै देशका विरुद्ध नानाभाती भन्छ भनेर तपाईं कल्पना गर्नुहुन्छ ? सिके राउतजस्ता विखण्डनकारीबाहेक अरुबाट यस्तो अपेक्षा गर्न सकिन्न । तर, गत साता दिल्लीमा देखा परेको एउटा दृश्यले चाहिँ त्यहीँ पुगेका बाँकी नेपालीहरुलाई छक्क मात्र पारेन, यस्तो त भएन है भन्ने स्थितिमै पुर्यायो ।
राष्ट्रिय स्वयंसेवक संघले नेपालमा हिन्दु धर्मबारे के गर्न सकिन्छ भन्ने मुख्य कुरालाई ध्यानमा राखेर आयोजना गारेको अन्तरक्रियामा नेपालबाट पुगेका ३० भन्दा बढी सहभागीलेमध्ये अधिकांशले नेपाल भारत सम्बन्ध बिग्रिनुमा भारतको हात रहेको र त्यसबाट नेपाललाई भन्दा बढी घाटा भारतलाई भएको तर्क दिएका थिए । भारतीय गृहमन्त्री राजनाथ सिंहसमेत सहभागी उक्त कार्यक्रममा दुई दिन छलफल गर्दा दुवै पक्षले खुलेर एक अर्काका अपेक्षा र कमजोरीबारे चर्चा गरेका थिए । तर, नेपालबाट गएका तीन जनाले भने एकपक्षीय रुपमा नेपालको सत्तोसराप र भारतको भक्तिगान गर्नमै सम्पूर्ण समय बिताएका थिए । दुईदेशबीच असल सम्बन्ध बनाउन भनेर आयोजना गरिएको उक्त कार्यक्रमका आयोजकहरुले नै तीन नेपालीहका कुरा सुनेर असहज महसुस गरेका थिए ।
नेपालमा भारतले नाकाबन्दी गरकै थिएन । यो नेपालको गलत प्रचारबाजी हो भनेर भारतलाई नै चकित पार्ने गरी धारणा राख्ने कामको सुरुवात गरेका थिए–डा. सुन्दरमणि दीक्षितले । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राज्यसभामा मणिशंकर अयैरलगायतका सांसदको प्रश्नको जवाफ दिने क्रममा पहिलो पटक नभई यसअघि पनि नेपालविरुद्ध नकाबन्दी लगाइएको थियो भनेकोमा डा. दीक्षितले भने, ‘भारतले नेपालमा नाकाबन्दी गरेकै थिएन, हामीले यो कुरा लगातार भनिरहेका थियौं । तर, तपाईंहरुले राज्यसभामा नकाबन्दी भन्ने शब्द प्रयोग गरेपछि हामीलाई नेपालमा डिफेन्स गर्न गाह्रो भयो । यसबाट म साह्रै मर्माहत भएको छ् । दुःख लागेको छ । यति भनेर पनि डा. दीक्षितको चित्त बुझेन । आफनो आक्रमक शैलीमा उनले थपे, ‘खाली नेपालमा हल्ला मात्रै हुन्छ । भारतविरोधी काम मात्रै हुन्छ । यसमा तपाईहरुले सम्झाउनु पर्यो ।’
डा. दीक्षितलाई माथ गर्ने गरी पेश भएका थिए, हरिवंश झा नामक अर्का ‘नेपाली’ । उनल त यतिसम्म लाजलाग्दो गरी बोले जसबाट आयोजकहरु नै लज्जित हुनु परेको थियो । भारतीय राजदूत रञ्जित रे र नेपाली राजदूत दीपकुमार उपाध्यायसमेत सहभागी कार्यक्रममा उनले नेपाली भन्न लाज लाग्ने गरी खुला रुपमा वकालत गर्न कुनै कसर बाँकी राखेनन् । त्यसैगरी तमलोपा एमाओवादी हुँदै अहिले बाबुराम भट्टराईको नयाँ शक्तिमा पुगेका रामकुमार शर्माले पनि नेपालकै गल्तीका कारण नाकाबन्दी भएको भन्दै पु्ष्टि गर्न अनेक कोसिस गरिरहे । बुधबार साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया