काठमाडौं । जीवन र शैलीलाई मुख्य विषयबस्तुका रुपमा राखेर भर्सटाइल म्यागेजिन बुधबारदेखि बजारमा आएको छ ।
श्रेयष इन्टरनेशनल मल्टिप्रपोज प्रालिले प्रकाशन गरेको म्यागेजिनको विमोचन एक भव्य समारोहबीच शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले गरेका थिए ।
नयाँ वर्षको अवसरमा म्यागेजिनको विमोचनमा बोल्दै मन्त्री ढकालले भर्सटाइलको भविष्य बलियो देखेको बताए । उनले भने, यहाँ रहेका विषयबस्तुहरु र टिमको नेतृत्वकर्ताले निरन्तर जीवन दिनसक्ने अठोट राख्नु नै म्यागेजिनको कुशल भविष्य हो ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले म्यागेजिनमा समावेश गरिएका विषयहरु र फिचरहरु राम्रो रहेको बताउँदै म्यागेजिनको निरन्तरताको शुभकामना दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र खनाल, श्रम विभाग प्रमुख शत्रुध्न प्रसाद पुडासैनी, मिडिया सोसाइटिका उपाध्यक्ष उज्वल शर्माले शुभकामना दिएका थिए ।
कार्यक्रममा म्यागेजिनका प्रधानसम्पादक विनोद ढकालले फरक धारको पत्रकारिता, सकारात्मक बाटोको पत्रकारितालाई भर्सटाइलले अँगाल्ने बताए । अंग्रेजी र नेपाली दुवै भाषालाई समेटेको म्यागेजिनले निरन्तरता पाउने प्रबन्ध निर्देशक श्रीषा पौडेलले बताइन् ।
म्यागेजिनको डिजिटल प्रकाशनसमेत सुरु भएको जानकारी गराइएको कार्यक्रमको उद्घोषण अधिवक्ता स्वागत नेपालले गरेका थिए भने १५ जना स्तम्भ लेखकहरुलाई प्रोत्साहन उपहार प्रदान गरिएको थियो ।


















प्रतिक्रिया