१ कार्तिक २०८३, आइतबार

माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध हुन्छ : दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौँ, १ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद परिवार समाज र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त प्रशिक्षण भेलालाई आज सम्बोधन गर्दै उहाँले सबै खाले बाधा व्यवधानलाई छिचोलेर अगाडि बढ्ने र जनताको भावनालाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताउँदै भन्नुभयो, “माओवादी आन्दोलनको राप र तापले मात्रै मुलुक परिवर्तन भएको हो ।’’

मुलुकलाई नयाँ चरणमा पु-¥याउन र आर्थिक समृद्धि सहित क्रान्तिको नेतृत्व गर्ने महत्वपूर्ण हतियार भनेकै सहिद, बेपत्ता योद्धा भएकाले त्यसलाई पार्टीले उचित सम्मान र उनीहरुको सपना पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस