१ कार्तिक २०८३, आइतबार

लोकमानसिंह कार्की ज्यू एकान्तकुनाको समाचार थाहा छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yatayat-Ma-Dalal

यतिसम्मकि बागमती यातायात कार्यालयले सेवाग्राहीसँग ठूलो रकम लिन्छ तर, पिउने पानीको व्यवस्था पनि गरेको छैन । पिउने पानी कता छ भनेर सोधेको प्रश्नमा कार्यालयका प्रमुख अधिकारले भने, ‘यस्तो भीडभाडमा तपाईलाई कहाँ पानी पुगाउन सकिन्छ ? पानीसानी छैन ।’ कार्यालयका कर्मचारीले अधिकांशले ड्रेस लगाएको देखिएन । कार्यालयको कर्मचारी हो कि होइन भनेर पनि चिन्नै गाह्रो । यति धेरै भीड हुने कार्यालयका कर्मचारीले ड्रेस र आफ्नो परिचय पत्र त लगाउनु पर्ने हो तर लगाएको पाइएन । सेवाग्राहीलाई आवश्यक पर्ने फारम पाइने स्थान पनि साँघुरो स्थानमा लगेर राखिएको छ । सेवालिन जानेहरूसँग सडक पेटिमा बसेका गुन्डाहरूले पार्किङको पैसा उठाइरहेका हुन्छन् । तर नजिकै बसेको प्रहरीले त्यसमा कुनै प्रतिक्रिया जनाउँनन् । सार्वजनिक स्थान अझ सडकपेटीमा राखिएका सवारीबाट कसले किन पार्किङको पैसा उठाउन त्यस्ता टोले गुन्डालाई अनुमति दियो ? यो विषयमा पनि यातायात कार्यालय अनभिज्ञ छ ।