३१ आश्विन २०८३, शनिबार

कसैले सोचेको थिएन पूर्व प्रेमी जोन अब्राहमसँग विहेमा यस्तोपनि गर्छिन विपाशा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

John-Bipasa-Karan

मुम्बई । एक समय जोन अब्राहमसँग विपाशा बसुको प्रेम सम्बन्ध खुल्ला थियो । तर, ब्रेकअपपछि उनीहरुले कहिलेपनि एकअर्काको बारेमा न कुरा गरे न एकअर्कालाई चिने । बस अपरिचित झै बने ।

अब ३० अप्रिलमा विपाशाको विहे कलाकार करन सिंह ग्रोवरसँग हुँदैछ, यो बेला सबैको ध्यान के मा छ भने विपाशा पुराना कुरा विर्सिएर जोनलाई निमन्त्रणा गर्नेछिन् ?

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पूर्व प्रेमी जोनलाई आफ्नो विहेमा बोलाउने छैनन् । विपाशाको पाहुनाको सूचीमा जोन परेका छैनन् । रोचक कुरा त के छ भने विपाशाका एक जना पूर्व ब्वाईफ्रेण्ड डिनो मोरिया विहे समारोहमा देखिनसक्छन् । किनकि डिनोकी अहिलेकी गर्लफ्रेण्ड नन्दिता मेहतानीलाई विपाशाले विहेको तयारीको जिम्मा सुम्पेकी छिन् ।

समाचार अनुसार विपाशा पुरै भव्यताका साथ यादगार विहे गर्न चाहन्छिन् । यसका लागि उनले कुनै कसर बाँकी राखेकी छैनन् । उनले विहेको लागि डिजाइनर साथी डैनी पाण्डे र रकी एसभन्दा बढी विश्वास नन्दिता मेहतानीमाथि गरेकी छिन् ।