१७ कार्तिक २०८३, मंगलबार

लागूऔषधसहित काठमाडौंमा तीन जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौं, २९ चैत । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले काठमाडौंका विभिन्न स्थानहरुबाट ३ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।

कास्की पोखरा उपमहानगरपालिका–४ बिशालनगर घर भएका ५७ वर्षीय सुरजप्रसाद गौचनलाई काठमाडौं महानगरपालिका–३ महराजगंजबाट लागूऔषध एमफेटामाईन ५ ग्राम र यावा १० थानसहित गत चैत २४ गते प्रहरीले पक्राउ गरेको छ । गौचन २०६७ असोज २१ गते काठमाडौं महानगरपालिका–७ चाबहिलबाट लागूऔषध एमफेटामाईन २ ग्राम ४ सय मिलिग्रामसहित पक्राउ परी २ महिना कैद र २० हजार जरिबाना तिरी धरौटीमा रिहा भएकामा पुनः २०७० भदौ १४ गते काठमाडौं बालुवाटारबाट लागूऔषध एमफेटामाईन १ ग्राम सहित पक्राउ परी पुनः २०७० असोज १० गते १ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तिरी धरौटीमा रिहा भएका थिए ।

यसैगरी काठमाडौं महानगरपालिका–४ का ४५ वर्षीय उत्तम लामालाई लागूऔषध एमफेटामाईन ९ ग्रामसहित गत चैत २६ गते प्रहरीले पक्राउ गरेको छ ।

साथै काठमाडौं ताहाचल–१३ का ४० वर्षीय पवनहरी राजभण्डारीलाई गत चैत २६ गते लागूऔषध एमफेटामाईन ०.५ ग्राम र याबा ३ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।