पोखरा । आफ्ना पाँच प्रतिस्पर्धीलाई पछि पार्दै दाङका सचिन पाखरेलले गायनतर्फ तेस्रो गोल्डेन आईडलको उपाधि जितेका छन् ।
पोखराको सभागृहमा सम्पन्नगोल्डेन आईडलको तेस्रो श्रृङ्खलामा उनले उपाधिसहित एक लाख रुपैयाँ र आफ्नो स्वरमा गीत रेकर्ड गर्ने अबसर जितेका हुन् ।
राष्ट्र भावनाले ओतप्रोत एउटा गीत र स्टूपिड मनको गीत तिम्रो आँखा…मा प्रस्तुत गरेर उनले आफ्ना अरु पाँच प्रतिस्पर्धीलाई उछिनेका हुन् ।
गोल्डेन स्टार मल्टी मिडियाद्वारा आयोजित सो प्रतियोगितामा नृत्यतर्फ भने दाङ घोराहीकी १३ वर्र्षीया वर्षा लम्साल बिजेता बन्न सफल भइन् ।
अन्तिम प्रतिस्पर्धामा वर्षाले छोरी भएर जन्मनुको पीडालाई नृत्यमार्फत प्रस्तुत गर्दा निर्णायक टोली सहितदर्शक समेत स्तव्ध भएका थिए ।
त्यसअघि उनले लोक नृत्यतर्फ दाङकै थारु समुदायको नृत्य प्रस्तुत गरेकी थिइन् । उनले उपाधिसँगै एक लाख रुपैयाँ र ट्रफी हासिल गरिन् ।
गत ५ असोजबाट सुरु भएको यो प्रतियोगितको प्रारम्भिक चरणमा मुलुका ४२ भन्दा बढी जिल्लाका नृत्य र गायनमा चार हजारभन्दा बढी प्रतियोगी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष सरन गुरुङले बताए ।
अमलेखगञ्जका गायनमा देबेन्द्र कार्की फस्ट रनरअपभई ५० हजार रुपैयाँ र ट्रफी जित्न सफल भएका छन् । गायनतर्फ नै बुटबलमा बालप्रतिभा घनश्याम घिमिरे सेकेण्ड रनरअपभई २५ हजार रुपैयाँ र ट्रफी बिजेता बने ।
नृत्यतर्फ चितवनकी मनीषा परियारले फस्ट रनरअपको उपाधि सहित ५० हजार रुपैयाँ र ट्रफी जितिन् । नृत्यतर्फ नै दाङकै पुकार सिंह भण्डारीले सेकेण्ड रनरअपमा चित्तबुझाउनु परेको छ । पुकारले उपाधिसहित २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।















प्रतिक्रिया