बुटबल । टेलिभिजनको पर्दामा दुनियाँलाई पेट मिचीमिची हसाउने बुटवलका हाँस्य कलाकार विष्णु पाण्डे ‘माइलाबा’ अहिले आफै धुरुधुरु रोएका छन् ।
रोग, शोक र भोकमा परेकालाई समेत बिर्साउने कलाकार शोकमा डुबेका छन् । २ दिनको अन्तरमा २ छोरा गुमाउँदाको पीडा सहन नसक्दा बेहोस सरह बनेका छन् । निःसन्तान बनेका उनलाई सम्झाउन आफन्तले समेत शब्द भेट्टाएका छैनन् ।
सञ्चारकर्मी तथा चर्चीत हास्य कलाकार पाण्डेले दुवै सन्तान गुमाएका हुन् । २ वर्ष ९ महिनाका जेठा छोरा स्व. विशनको चैत २० गते मृत्यु भयो भने त्यसको एकदिनपछि आइतबार कान्छा छोरा किरणलाई समेत उनले गुमाएका छन् ।
छिमेकीको घरमा खेल्न गएका जेठा छोरा स्वविसन तातो दुधमा परेर एक साताअघि गम्भीर घाइते भएका थिए । घाटीमुनिको सबै भाग जलेर क्षतविक्षत भएका उनलाई उपचारकालागि बुटवल हुदै कान्ति बाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
उनको काठमाडौंकै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । आमाबाबु दाजुको उपचारमा तल्लीन हुँदा ६ महिने नवजात शिशु किरण विरामी परे । उनी २ दिन यता ज्वरो र पखलाले सिकिस्त थिए । जेठो छोरोको दाहसंस्कारपछि बुटवल फर्कदै गर्दा कान्छा किरणको बाटैमा अर्थात नवलपरासीमा मृत्यु भएको थियो । दुवै छोरा गुमाएपछि बेहाल बनेका उनलाई सम्हाल्न आफन्तलाई हम्मेहम्मे परेको छ
अहिलेको यो दुखद घडीमा माइला बा ले के भने त ?
हेरौ भिडियोः
















प्रतिक्रिया