काठमाडौं । तामाङ डाजाङद्वारा आयोजित एक दिने तामाङ कथा लेखन सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी आज सम्पन्न भएको छ ।
काठमाडौंको टौदह स्थित केभिन रोहन इको फाउन्डेसनको हलमा सम्पन्न उक्त गोष्ठी तामाङ डाजाङको सल्लाहकार एवं कामनपाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
तामाङ डाजाङका सम्पादक इन्द्र तामाङले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्यपछि सामाजिक विकास बिभाग कामनपाका उपनिर्देशक यज्ञप्रसाद बडाल लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए ।

पहिलो चरणको कार्यक्रम तामाङ डाजाङकै अर्जुनबहादुर तामाङले सन्चालन गरेपनि दोस्रो चरणको कार्यक्रम भने बाल कथाकार नेत्र तामाङले सन्चालन गरेको थिए । उक्त गोष्ठीमा कथा के हो ? र कसरी लेख्ने भन्ने विषयमा उपन्यासकार युग पाठक र कथामा पात्र चयन र चरित्र निर्माण सम्बन्धी लेखक दिल पौडेलले प्रशिक्षण थिए ।
डाजाङका अध्यक्ष बुद्ध योन्जन, मुक्तान थेबा, सिर्जना गोले, सजना गोले, प्रेमलाल दोङ, कविराज काल्तान, अनिषा थिङ, सिर्जना पाख्रिन, लक्ष्मी रुम्बा, बुद्धराम थिङ, हिरामाया घिसिङ, चन्द्रमान बज्यु, सुजन गोले लगायत सहभागी मध्य चार जना स्रष्टाले तामाङ भाषामा कथा वाचन गरेका थिए । त्यस माथि उपस्थित सबै जनाले आ–आफ्नो तर्फबाट सुझाब दिए ।
कार्यक्रम तामाङ डाजाङका सल्लाहकार एवं भाषाशास्त्री अमृत योन्जन तामाङको सभाध्यक्षमा सम्पन्न भएको थियो । सामाजिक विकास बिभाग कामनपा र क्रिष्टल सब रेमिट प्रा.लि. सामाकोशीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
















प्रतिक्रिया