३१ आश्विन २०८३, शनिबार

अनुपम खेरलाई प्रहरीले कश्मिर छिर्न दिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anupam-kher

मुम्बई । बलिउड अभिनेता अनुपम खेरलाई कश्मिरको श्रीनगर जान प्रहरीले रोक लगाएको छ ।

आफ्नो पुखायौली घर श्रीनगर पुग्न एयरपोर्ट पुगेका खेरलाई प्रहरीले जान नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो कुराको जानकारी उनले ट्विट गरेर पनि दिएका छन् । जम्मु तथा कश्मिर प्रहरीले श्रीनगर सहरमा प्रवेश गर्न रोक लगाएपछि उनी सिधै नयाँ दिल्ली फर्किएका छन् ।

उनी आफ्ना पूर्खाहरुले बनाएको मन्दिरमा दर्शन गर्न समेत जान लागेका थिए । उनलाई राजनीतिक एजेण्डा लिएर आएको भन्दै त्यहाँको स्थानीय सरकारको निर्देशनअनुसार प्रहरीले रोकेको हो ।

तर खेरले ‘म कुनै राजनीतिक एजेन्डा नलिइकन, शुद्ध नागरिकको रुपमा त्यहाँ जान लागेको हुँ,’ भनेका छन् ।