३१ आश्विन २०८३, शनिबार

तराई पसे धुर्मुस–सुन्तली, मधेसीको पर्दाफास गर्ने (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus Suntali Munni 2

काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) क्षमुमनिया र लखनभाईको भूमिकामा देखिने भएका छन् ।

बाल विवाह र चेलीबेटी बेचबिखनविरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म मुन्नीमा उनीहरु मधेसी पात्रको रुपमा देखिन लागेका हुन् । पछिल्लो समय हाँस्य टेलिश्रृंखला मेरी बास्सैसँगै चेतनामुलक फिल्म निर्माणमा व्यस्त धुर्मुस सुन्तली चर्को घाम र हावाहुरीका बाबजुद मुन्नीको छाँयाकनका लागि लहान पुगेका छन् ।

Dhurmus Suntali Munni 4

मुन्नीले बालमैत्री समाजको महत्व र आवश्यकतालाई दर्शाउने फिल्मका लेखक तथा निर्देशक सिताराम कट्टेल धुर्मुसले बताएका छन् । उनले भने- ‘हामीहरु मधेसका कुरिति कु संस्कृतिलाई बाहिर ल्याउने र पर्दाफास गर्न यहाँ आएका हौं ।’

तराई भेगमा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिदा आई पर्न सक्ने जोखिमलाई फिल्ममा रमाईलो ढंगले प्रस्तुत गरिएको कुञ्जना घिमिरे सुन्तलीले बताएकी छिन् ।

Dhurmus Suntali Munni 6

चलचित्रमा मुन्नीको भूमिकामा गायत्री सिंह देखिएकी छिन् । मुन्नीमा दिपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेम नारायण झा, गजेन्दर ठाकुरलगायतका कलाकार पनि देखिने छन् ।

मैथिली भाषाका संवादहरु बोल्नलाई केहि अप्ठ्यारो भएपनि मुन्नीलाई उत्कृष्ट बनाउने कोसीस गरिरहेको फिल्म युनिटले जानकारी दिएको छ ।