३१ आश्विन २०८३, शनिबार

विश्व विजेता प्रथम कवि सुब्बासहित तीन सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kabi-pachthar

– कृष्ण ओझा

पाँचथर । २०७२ सालमा विभिन्न साहित्यिक प्रतियोगितामा पुरस्कृत तथा सम्मानित पाँचथरका ३ जना कविहरुलाई शुक्रबार पाँचथरे स्रष्टाहरुले संयुक्त रुपमा बधाई दिएका छन् ।

जनमत सम्मानद्धारा सम्मानित कवि भवानी तावा, दोस्रो विश्वव्यापी खुला कविता प्रतियोगिताका प्रथम जुझारु युवा कवि सन्देश सुब्बा र राष्ट्रिय कविता महोत्सव २०७२ मा द्धितिय स्थान हाँसिल गर्न सफल कवीयत्री सरस्वती दुमी राईलाई पाँचथरे स्रष्टाहरुले बधाई दिएका हुन् ।

पाँचथर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा तीनै जना कविहरुलाई खदा ओढाइ फूलमाला र अविरजात्रा गरेर सम्मान गरिएको थियो ।

सो अवशरमा कवि भवानी तावाले ‘मेरो लल्छि’, ‘आइलभ्यू भाइरस’ र ‘भ्यालेन्टाइन फूल’ शीर्षकका ३ वटा कविता सुनाए । त्यस्तै अर्का कवि सन्देश सुब्बाले ‘बुढो प्रेमी र पूर्व प्रेमिका’, ‘मिस्त्री’, ‘साथीलाई चिठ्ठी’ र ‘हजुरको नाममा’ शीर्षकका ४ वटा कविता सुनाएर कार्यक्रममा उपस्थित साहित्य प्रेमीहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

कवि सरस्वती दुमी राईले पनि ‘आमा, जाँतो र जिन्दगी’ त्यस्तै ‘नारी तिमी सधैं याद गर’ शीर्षकका २ वटा कविता सुनाएर मनोरञ्जन प्रदान गरिन् । कार्यक्रममा आर्कषक युवा स्रष्टा मधु आजित केरुङले तीनै जना कविहरुको काव्यिक व्यक्तित्वको चर्चा गरेका थिए ।

प्रमुख अतिथि डाक्टर देवि क्षेत्री दुलाल, पाँचथरे इतिहास बोकेका पूराना अग्रज साहित्यकार प्रेम ओझा, पुष्पहाङ लोवा, राम उपाध्याय, यूवा कवि गिरिराज बाँस्कोटा लगायतले सम्मानित कविहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा स्थानीय स्रष्टाहरु प्रदीप प्यासी, सपना नेम्बाङ, विवश माङ्मु, रमिला घिमिरे, गीता सिटौला, संगिता सुहाङ, पेरु रेग्मी, प्रतिमा रिजाल, रञ्जना गहतराज, धनपति ढुंगेल, सुमन अधिकारी र बिनोद चौहानले आ–आफ्ना रचना वाचन गरेका थिए ।

नौलो साहित्य बिहान प्रतिष्ठान पाँचथर, पाँचथर गजल मञ्च, साहित्य साधना पाँचथर बहुमुखि क्याम्पस र स्थानीय खबर पत्रिका पव्लिक टाइम्स साप्ताहिकले संयुक्त रुपमा कार्यक्रमको संयोजन गरेका हुन् ।