३१ आश्विन २०८३, शनिबार

रोजगारीका लागि मलेसिया गएका यादवको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malaysia_429036745

नवलपरासी, २६ चैत । रोजगारीको सिलसिलामा मलेसिया गएका नवलपरासी गठीप्रसौनी–२ का अभिषेक यादवको मृत्यु भएको छ ।
बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय रवीन्द्र यादवले जानकारी दिनुभयो ।

दुई दिनदेखि ज्वरो आएपछि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । नवलपरासीबाट वैदेशिक रोजगारीमा गएकामध्ये करिब छ महिनाको अवधिमा छजनाको मृत्यु भइसकेको छ । रासस