२५ कार्तिक २०८३, बुधबार

भातृ संगठनको अधिवेशनप्रति सकारात्मक भूमिका खेल्न सभापति देउवाको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-sher

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संस्थाहरूको महाधिवेशन गर्ने विषयमा सबैले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

शुक्रबार संसदीय दलमै केही नेताहरूसँग छलफल गर्दै उनले आगामी जेठ महिनाभित्रै नेविसंघ, असारमा महिला संघ र भदौमा तरुण दल र किसान संघको महाधिवेशन गरिसक्नुपर्ने छलफल गरेको स्रोतले बतायो ।

उनले नेताहरूसँग छलफलका क्रममा भातृसंस्थाहरूको महाधिवेशन आफ्नै एजेन्डा भएको र पार्टीको केन्द्रीय समितिले त्यसलाई ‘अन’ गरिसकेपछि त्यो पार्टीको एजेन्डा बनेको स्पस्ट पारेका थिए ।

उनले पार्टीका भातृ र भगीनी संगठनहरूको अधिवेशन लामो समयदेखि नभएकाले अब यथासक्य चाँडो अधिवेशन सम्पन्न गरेर पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेका थिए ।

छलफलमा पार्टीका महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउँद लगायत सहभागी रहेको कांग्रेस स्रोतले बतायो ।