काठमाडौं, २६ चैत । हत्या अभियोगमा पक्राउ परेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व सांसद योगनारायण यादवलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको भन्दै यादवलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । उनलाई जिल्ला कारागार सिराहा पठाइनेछ ।
गत चैत १७ गते धुम्वाराहीबाट पक्राउ परेका यादवविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ ।
सिराहको सबैलास्थित मदन आश्रित निमावि विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मारिएका रामसेवक राउतको हत्या योजनाकार यादव भएको प्रहरीको दाबी छ ।












प्रतिक्रिया