२५ कार्तिक २०८३, बुधबार

बागमती नदीमा कार खस्यो, दुई महिला घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

car-accident

काठमाडौं, २६ चैत । राजधानीको तिनकुनेमा पर्ने बागमती नदीमा खसेर शुक्रबार एक निजी कार दुर्घटनामा परेको छ ।

शुक्रबार अपरान्ह भएको यो दुर्घटनामा परी दुई महिला घाइते भएका छन् । कार एक जना महिलाले चलाएकी थिइन् ।

बा ६ च ३९९ नम्बरको कार अनियन्त्रित भएर बागमतीमा खस्दा त्यसमा सवार दुई जना महिला २३ वर्षीया काजल झा र १८ वर्षीया निशा झा घाइते भएकी ट्राफिक प्रहरीको कोटेश्वर वृतका प्रमुख इन्सपेक्टर भगिरथ रेग्मीले जानकारी दिए ।

उनीहरुको कान्तिपुर अस्पतालमा उपचार र नदीमा खसेको कारलाई क्रेनको प्रयोग गरेर निकालिएको उनले बताए ।

फोटोः ईकान्तिपुरबाट ।