३१ आश्विन २०८३, शनिबार

भूकम्प प्रभावित जिल्लामा सर्वगायन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Logo (1)

काठमाडौं । गायन कला भएर पनि विभिन्न कारणले त्यो कलालाई बाहिर ल्याउन नसकेका प्र्रतिभाहरुलाई सार्वजनिक गरी सामाजिक तथा सांगीतिक क्षेत्रको विकासमा योगदान पुर्याउन ‘सर्व गायन २०७३’ नामक राष्ट्रिय खुल्ला एकल गायन प्रतियोगिता हुने भएको छ ।

रक, पप, आधुनिक, लोक र राष्ट्रिय गरी सम्पूर्ण विधालाई समेटेर गरिन लागिएको प्रतियोगिताको पहिलो चरण भू–कम्प प्रभावित जिल्लाहरुमा सञ्चालन गरिन लागिएको हो । जसको शुभारम्भ दोलखा जिल्लाबाट सुरु गरिनेछ । कार्यक्रम आयोजक तथा कार्यक्रम सञ्चालन समितिका श्रवण कुमार बस्नेतका अनुसार दोलखामा रहेको न्यू जेनेरेशन विकास युथ क्लवले सह–आयोजकतव गर्नेछ ।

‘स्वर, गायनशैली, गीत चयन, शब्द उच्चारण तथा प्रस्तुतिको आधारमा सहभागिको छनौट गर्नेछौं’, उनले भने, ‘देशका चर्चित संगितकार, गायक–गायिका लगायत अन्य कला तथा संगितसँग आवद्ध व्यक्तित्वहरुद्वारा प्रतिष्पर्धीको मूल्यांकन गरिने छ ।’

देशैभर सञ्चालन हुने प्रतियोगितालाई आयोजकले सबैभन्दा बढी पुरस्कार राशी भएको बहुआयामिक अवसरमुखि र हालसम्मकै फरक टेलिभिजन रियालिटी शोका रुपमा प्रतियोगितलाई लिएका छन् ।

आयोजकले भूकम्प पछिको नयाँ युगको सुरुवातसँगै नेपाली कला, संगीत तथा गायन क्षेत्रको उन्नत उचित विकासमा कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिएका छन् ।

‘यस नयाँ युगको हकमा एउटा ऐतिहासिक परिवर्तनरुपी सांगितिक कार्यक्रमको क्षेत्रमा नयाँ अध्यायको थालनी हुने भएकोले सम्पूर्ण गायक, गायिक, कलाकार, संगितकर्मिहरु, नागरिकहरु तथा यस सम्बन्धी रुचि राख्ने सम्पूर्णमा सहभागी भई गौरवान्वित रहन हामी आव्हान गर्दछौं ।’ बस्नेतले भने ।