२५ कार्तिक २०८३, बुधबार

संसद्को निर्वाचन गराएर मात्रै सत्ता हस्तान्तरण हुने प्रधानमन्त्रीको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-Pm-1काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेर मात्रै सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासंघको छैठौं महासम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको हो । उहाँले कठिन परिस्थितिका बीच सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शीघ्र आर्थिक विकासको बेगमा आफूलाई हिँडाएको दाबी गर्नुभयो ।

आगामी बजेटमा थप विकासका आयोजना र ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्ता कार्यक्रम अघि सार्ने उहाँको उद्घोष थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा पनि नयाँ चरणमा मुलुकलाई लगेको दाबी गर्नुभयो ।

उहाँले मुलुकलाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्षभित्र निर्यात गराउन सक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले त्यहीअनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।