२५ कार्तिक २०८३, बुधबार

संवैधानिक परिषद्को बैठक निष्कर्षविहिन, प्रधानन्यायाधीशको टुंगो लागेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalyan-Shrestha Sushil Karki

काठमाडौँ, २६ चैत । भावी प्रधानन्यायाधीश चयनका विषयमा छलफल गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

नेपाली काँग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको निर्वाचनका कारण सो दलका नवनिर्वाचित नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि परिषद् बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले अर्काे बैठक आउँदो आइतबार बस्ने जानकारी दिनुभयो । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । उहाँपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा रहनुभएको बताइन्छ । नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।

यस्तै परिषद्को बैठकपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । रासस