२५ कार्तिक २०८३, बुधबार

नेपाली कांग्रेस दलको निर्वाचन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौँ, २६ चैत । नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलको कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ ।

आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने उक्त निर्वाचन विद्युतीय मतदान मेसिनबाट भइरहेको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो ।

सात प्रदेशबाट एक/एकजना गरी सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम १५ गरी जम्मा २२ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न भए लगत्तै निर्वाचन परिणाम आउने समितिले जनाएको छ । रासस