२५ कार्तिक २०८३, बुधबार

सुटुक्क गौर पुगेका नेपालले भने- ‘आन्दोलन स्पष्ट नहुँदा मधेसका जनताले दुःख पाए’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MadhavKumarNepalरौतहट, २५ चैत । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मधेस केन्द्रित दलका आन्दोलन स्पष्ट नहुँदा तराई-मधेसका जनताले अनाहकमा लामो समयसम्म दुःख भोग्नु परेको बताउनुभएको छ ।

जिल्ला सदरमुकाम गौरमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले अब पनि आन्दोलन गर्छौं भनी हिँड्ने मधेसी दलका नेतालाई जनताले नपत्याउने बताउनुभयो ।

नेता नेपालले आन्दोलनका कारण सबैभन्दा बढी घाटा मधेसवासीलाई भएको बताउँदै वार्ताबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

उहाँले अहिले विकास निर्माणको काम गर्ने समय रेहेको भन्दै यस कार्यमा कुनै बाधा अवरोध नगर्न आग्रह गर्नुभयो । नेता नेपालले राष्ट्रिय रुपममै कालोबजारी मौलाउँदा जनताले दुःख पाएको भन्दै यसबारे आफूले सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

सो कार्यक्रममा सांसद रामकुमार भट्टराई र नेकपा(एमाले) केन्द्रीय सदस्य कल्याणी खड्कालगायत पार्टीका अगुवा कार्यकर्ताको सहभागिता थियो । रासस