काठमाडौं, २५ चैत । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टीहरुबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्नुभएको छ ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा गरेको कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले माओवादी पार्टीहरुबीच एकताका लागि आफूले निरन्तर प्रयास गरिरहेको र अब परिणाम देखा पर्न मात्र बाँकी रहेको दाबी गर्नुभएको हो ।
उहाँले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सबै माओवादी पार्टी एउटै केन्द्रमा आउनुको विकल्प नभएकाले एकताको प्रयास आफूले बढाएको बताउनुभयो ।















प्रतिक्रिया