काठमाडौं, २५ चैत । व्यवस्थापिका संसद् कार्यसञ्चालन नियमावली पूर्वनिर्धारित कार्यक्रम बमोजिम निर्णयार्थ पेश हुने भनिएकोमा अन्तिम समयमा आएर रोकिएको छ ।
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन भएकाले व्यस्त हुनुपरेको बेहोरासहितको पत्र कांग्रेस संसदीय दलले पठाएपछि अन्तिम समयमा आएर रोकिएको हो । मतदान प्रक्रियाबाट नियमावली पारित गराउने पूर्वनिर्धारित कार्यक्रमअनुसार अन्य दलका सदस्यहरु सिंहदरबारमा पुगेका थिए । नियमावलीका विषयमा दुई महिनाभन्दा लामो समयदेखि विवाद हुँदै आएकोमा बिहीबार मतदानबाट टुंगोमा पु-याउने सहमति भएको थियो ।
समितिका सभापति राधेश्याम अधिकारीले कांग्रेसका सांसदहरु आन्तरिक निर्वाचनमा व्यस्त भएकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिनुभयो ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलबीच सहमति नभएपछि नियमावली पारित गराउनका लागि बिहीबार मतदान गराउने कार्यक्रम थियो । जसका लागि सचिवालयले मतदानका लागि प्रश्नावली पनि तयार पारिसकेको थियो ।












प्रतिक्रिया