काठमाडौं, २५ चैत । नेपाल विद्युत् प्राधिकरणले अनौपचारिक रुपमा दैनिक तीन घण्टा लोडसेडिङ घटाएको छ ।
दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा प्राधिकरणले अहिले ९ घण्टामा झारेको हो । गर्मी बढेसँगै हिउँसमेत पग्लिन थालेपछि नदीहरुमा पानीको मात्रा बढेपछि विद्युत् उत्पादन बढेकाले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । तर प्राधिकरणले लोडसेडिङको नयाँ कार्यतालिका भने सार्वजनिक नगर्ने भएको छ ।
तत्काल घोषित रुपमा लोडसेडिङ नघटाइएको प्राधिकरणले जनाएको छ । यो अस्थायी रुपमा मात्र घटेकाले नयाँ कार्यतालिका सार्वजनिक नगरिएको हो । केही दिनपछि भने तालिका अनुसार लोडसेडिङ हुने बताइएको छ ।












प्रतिक्रिया