काठमाडौं, २५ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन र सरकारको कामकरबाहीका विषयमा छलफल गर्न जारी एमालेको पोलिट ब्युरोको बैठक आज पनि बस्दैछ ।
पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा धारणा राख्न बाँकी सदस्यहरूले टिप्पणी गर्ने एमालेले जनाएको छ ।
बैठकमा सरकारको कामकारबाही र आन्तरिक संगठनकै विषयमा सुझाव आउने गरेको छ ।
सरकारले राम्रोसँग काम गर्न नसकेको भनेर आलोचना आइरहेका बेला बसेको एमालेको पोलिट ब्यूरो बैठकमा केही सदस्यहरूले सरकारले काम गर्न नसकेको आरोप समेत लगाएका छन् ।












प्रतिक्रिया