२५ कार्तिक २०८३, बुधबार

सल्यानको कालीजंगलमा आगलागी, पाँच घरगोठ जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salyan District Dadelo aagoसल्यान, २५ चैत । सल्यान जिल्लामा वनको डढेलो बस्तीमा फैलदा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् । धनवाङ– ८ मा रहेको कालीजंगल सामुदायिक वनबाट बुधबार दिउँसो सुरु भएको डढेलोे साँझ वडा नम्बर ५ को बस्तीमा प्रवेश गरेको हो ।

आगोले स्थानीय सार्की भण्डारी, लोकबहादुर भण्डारी र ठगबहादुर भण्डारीको ३ वटा घर र २ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गोठमा भएका गोरु र बाख्रा पनि जलेका छन् । कतिपय गाइगोरु दाम्चो चुडाएर जंगलतीर भागेका छन् । क्षतिको पूर्ण विवरण नआएपनि घर जलेर नष्ट हुँदा ३२ लाखभन्दा बढी क्षति भएको अनुमान स्थानीयको छ ।

मुचुल्का उठाउनका लागि कपुरकोट प्रहरी चौकीबाट एक टोलिफेरि अब केहिबेरमा आगलागीस्थलतर्फ जानलागेको प्रहरी सहायक निरीक्षक झकबहादुर कुँवरले जानकारी दिनुभयो ।

वडा नम्बर ५ को बस्ती र एक खुट्ट सालडाँडा सामुदायिक वनमा लागेको डढेलो प्रहरी, स्थानीय र नेपाली सेनाको ठूलो प्रयासमा राति नियन्त्रणमा आएको थियो । कालीजंग सामुदायिक वनमा भने रातभर आगो लागेको छ ।

प्रहरीले स्थानीयलाई घरको सामान निकालेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो । स्थानीयहरू त्रसित भएर रातभर जाग्राम बसेका छन् ।

आगो अझै पनि पूर्ण रुपमा नियन्त्रणमा नआएको खबर छ । भीरालो जमिन र रातको समय भएकाले डढेलो निभाउन कठिन भएको थियो ।

ढडेलोले वन जंगालमा भएका महत्वपूर्ण वनस्पती, विभिन्न वन पैदावार, जन्यजन्तुलाई पनि जलाएर नष्ट पारेको छ । बुधबार दिउँसो करीव २ बजेबाट शुरु भएको डढेलो कसीर र कस्ले लगायो भन्ने खुलेको छैन ।