काठमाडौं, २५ चैत । सामान्य अवस्थाको भन्दा धेरै ग्यास भारतबाट भित्रिए पनि उपभोक्ताले सहजरुपमा पाउन सकेका छैनन् ।
मार्च महिनामा ३० हजार मेट्रिक टन ग्यास भित्रिए पनि उद्योगी, बिक्रेता, कालाबजारी र पहुँचवालाको चंगुलमा पर्दा साधारण उपभोक्ताले सजिलै नपाएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
नाकाबन्दी अघि भारतबाट २९ हजार मेट्रिक टन ग्यास आयात हुने गरेको थियो । अप्रिलमा भिएको ग्यासबाट २१ लाख १२ हजार ६ सय ७६ सिलिन्डर भर्न पुग्छ ।
एक महिनामै यति ठूलो परिणाम ग्यास बजारमा जाँदा डिपोमा उपभोक्ताको लाम घटेको छैन ।
भारतको नाकाबन्दीपछि अभाव झेलेका उपभोक्ताको सरकारप्रति विश्वास नहुँदा फेरि अभाव हुनसक्ने आशंकामा ग्यास होल्ड गनै थालेका छन् ।
आयातमा सुधार भएपनि धेरै सिलिन्डर उपभोक्ताले होल्ड गर्दा बजारमा अभाव नघटेको आपूर्ति मन्लाय, नेपाल आयल निगम र उद्योगीको दाबी छ ।
महिनौंको प्रतीक्षामा सर्वसधारणले ग्यास हात पार्न हम्मे परे पनि पहुँचवाला (प्रहरी, प्रशासन, उच्च घरानियाँ, होटल व्यवसायी र उद्योग) को घरमा ग्यास पुग्ने गरेको छ ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले ग्यासमा कालोबजारी कायमै रहेको वताए ।















प्रतिक्रिया