२५ कार्तिक २०८३, बुधबार

संसदीय दलको नेता बनेलगत्तै सभापति देउवालाई दिल्लीबाट आयो फोन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Sushmaकाठमाडौं, २४ चैत । नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै सभापति शेरबहादुर देउवालाई भारतको राजधानी दिल्लीबाट फोन आएको छ ।

देउवालाई बुधबार साँझ विदेशमन्त्री सुष्मा स्वराजले फोन गरेर संसदीय दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएकी छन् ।

बधाई दिँदै स्वराजले देउवाको कार्यकालमा कांग्रेससँग तथा नेपाल र भारतबीको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेको र आगामी दिन आफूहरु सहकार्य गर्दै सम्बन्धलाई अझ घनिष्ठ बनाउन चाहेको बताएकी देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

स्रोतका अनुसार नेता देउवा छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन् । सरकार परिवर्तनको चर्चा भइरहेका बेला देउवा दिल्ली जाने खबरले सबैमा उत्सुकता जागेको छ ।