काठमाडौ । गायन र नृत्यको चर्चित रियालटी शो ‘गोल्डेन आइडल’ सिजन थ्रिको फाइनिस्ट बिच फाइनल भिडन्त हुने भएको छ ।
आगामी शनिबार अर्थात २७ चैत्रमा पोखरा सभागृहमा हुने फाइनल कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रवन्ध निर्देशक सरन गुरुङले जानकारी गराए ।
बिभिन्न चरणबाट छानिन सफल नृत्य र गायनका उत्कृष्ट पाँच पाँच र जज सेलेक्सनमा परेका तिन गरी उत्कृट १३ फाइनलिष्ट प्रतियोगीताको अन्तिम स्पर्धामा भिड्ने छन् । गायन र अभिनय प्रति रुची भएका अवसरको खोजिमा रहेको युवा युवतीको क्षमता उचार गरी देशलाई गायन र अभिनयमा उत्कृष्ट प्रतिभा दिने उदेश्य प्रतियोगिताको रहेको छ ।
हरेक हप्ता नेपाल टेलीभिजन २ बाट ‘गोल्डेन आइडल’ कार्यक्रमको नामबाट प्रसारीत ह“ुदै आएको छ । प्रतियोगीताको निर्देशक रेनुका गुरुङ, कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्याबस्थापन सुशिल पोखरेल रहेका छन् । प्रतियोगीताको बिजेताले बिभिन्न अवसरका साथै उपहार समेत प्राप्त गर्ने छन् ।
















प्रतिक्रिया