२५ कार्तिक २०८३, बुधबार

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-`

काठमाडौं, २४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई ७२ मत अन्तरले पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका हुन् ।

एक महिना अगाडी भएको १३ औं महाधिवेशनमा पौडेललाई नै पराजित गर्दै सभापति बनेका देउवाले पौडेललाई फेरि हराएका हुन् ।

संसदीय दलको कार्यालयमा विद्युतीय मेसिनबाट निर्वाचनमा कुल २०६ मत खसेको थियो । जसमा देउवाले १३९ मत पाए भने पौडेलले ६७ मत मात्र पाए ।

निर्वाचनमा पार्टी छोडेको घोषणा गरेका सुरेन्द्र चौधरी पनि मतदान गरेका थिए । विरामी भएका कारण नरहरि अचार्य भने मतदानमा सहभागी हुन सकेनन् ।