काठमाडौं । नेपाली लोक दोहोरिको क्षेत्रमा पछील्लो समय थुप्रै नयाँ नयाँ दोहोरी गीतका अडियो तथा भिडियोहरु आउने क्रम जारी छन ।
बजारमा आ–आफ्ना प्रस्तुति ल्याउने क्रममा छोटो समयमा चर्चित गीत प्रस्तुत गरिसकेको एस के म्युजिक प्रालिले पनि आफ्नो नौलो र मौलिक गीतको भिडियो बजारमा सार्वजनिक गरेको छ । गोधुलिमै आउ माया रोधिमा बोलको सालैजो गीत बुटवल टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
यो भिडियोमा मोडलले युवती जिस्काएको दृश्य देख्न पाइन्छ । हरि केसी र पुर्नी लामाको संयुक्त प्रस्तुति रहेको उक्त गीतको अडियोले यसअघि नै चर्चा बटुलिसकेको छ । अडियो चर्चामा रहँदा रहदै भिडियो सार्वजनिक गरिएको एस के म्युजिकका प्रबन्धक कृष्ण बाबुले जानकारी दिएका छन ।
हरी केसी, राधिका हमाल र पुर्नी लामाको स्वर रहेको उक्त गीतको शब्द तयार गरेका हुन थुप्रै चर्चित गीतको रचना र गायन गरिसकेका रत्न बानियाले । हरी केसीको लय रहेको उक्त गीतमा मोडल कृष्ण बाबु र निरुको अभिनय रहेको छ ।
आफूले अहिलेसम्म गरेका गीतका भिडियोमध्य यस गीतको भिडियो अली फरक रहेको मोडल तथा एस के म्युजिकका प्रबन्धक कृष्ण बाबुको भनाइ छ । गीतको भिडियोलाई अबिरल फिल्म्स प्रालिले तयार गरेको छ । बिष्णु भट्टराईइको निर्देशनमा तयार भएको उक्त भिडियोमा बिक्रम राना मगरले मोडललाई नचाउने काम गरेका छन । भिडियोमा पवन घिमिरेले छायांकन गरेका छन् र बिष्णु भट्टराईले नै सम्पादन गरेका छन ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=4MXe9LKICPw
















प्रतिक्रिया