मुम्बई । कर छलेका विश्वका चर्चित हस्तीको नामसहित रिपोर्ट सार्वजनिक भएको पानामा पेपरले संसारभरी हंगामा मच्चिएको छ ।
यो पेपरमा आफ्नो नाम मुछिएपछि बलिउडका महानायक अमिताभ बच्चनले मुख खोलेका छन् । उनले आफ्नो कुनै कम्पनीसँग सम्बन्ध नरहेको र कर छलि गरेको आरोपमा सत्यता नभएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले आफ्नो नाम दुरुपयोग भएको हुन सक्ने बताए । ‘इण्डियन एक्सप्रेसले उल्लेख गरेका कुनै पनि कम्पनीबारे मलाई जानकारी छैन्’ उनले जारी गरेको बयानमा भनिएको छ ।
भारतमा इण्डियन एक्सप्रेसले प्रकाशित गरेको पानामा पेपरमा अमिताभ बच्चनले सिपिङ कम्पनी लिमिटेड, लेडी सिपिङ लिमिटेड, ट्रेजरर सिपिङ लिमिटेड र ट्रम्प सिपिङ लिमिटेड चलाएको भनिएको छ ।
तर, अमिताभले भने आफू यीमध्ये कुनै कम्पनीको पनि निर्देशक नभएको बताउँदै मेरो नामको दुरुपयोग गरेको हुनसक्ने भनेका छन् । आफूले सबै कर तिरेको र, त्यसमा विदेशमा गरेको खर्च पनि रहेको भन्दै उनले मैले कुनै गैरकानुनी काम गरेको छैन पनि भनेका छन् । अन्तिममा उनले आफ्ना नाम बुहारी (ऐश्वर्या राय बच्चन)सँग जोडेको भन्दै दुःख व्यक्त गरेका छन् ।
सोमबार विश्वभरबाट एकैसाथ सार्वजनिक गरिएको पानामा पेपरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिन पिङ र लियोनल मेस्सीका अलावा अभिनेता अमिताभ र अभिनेत्री ऐश्वर्याको नाम पनि मुछिएको थियो ।
















प्रतिक्रिया