२ कार्तिक २०८३, सोमबार

उत्ताउली ज्योती एकाएक आयुर्वेदिक डाक्टर कहाँ किन गइन ? (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaubedik aausdi (1)
– अनिल खत्री

गुल्मी, २३ चैत । सधै जसो मायाँ प्रेमका गीतहरु बजारमा आई रहेको बेला बजारमा फरक खालको आयुर्वेदिक लोक तथा दोहोरी गीत बजारमा आएको छ ।

लोक तथा दोहोरी गीतको माध्यमबाट आयुर्वेदिक औषधी खाएपछी रोग निको भएको कथा बस्तुलाई टपक्कै टिपेर तयार भएको फरक खालको लोक तथा दोहोरी गीत बजारमा आएको हो । लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायिका ज्योति मगरले आयुर्वेदिक औषधी खाएसी रोग च्वट्टै भएको छ ।

केहि दिन यता बजार आएको बिल्कुलै नयाँ लोक तथा दोहोरी गीतमा उनीहरुले आयुर्वेदिक औषधि खाएपछि उनीहरुको रोग च्वटै भएको गीत मार्फत बताएका हुन । मान्छेलाई दिनानुदिन रोगले सताई रहेको बेला आयुर्वेदिक औषधी खाएपछी रोगहरु पनि च्वटै भएको कथा बस्तुमा गीत तयार भएको फरक खालको “आयुर्वेदिक औषधी खाएसी च्वट्टै भयो च्वट्टै” गीत गायक खुमन अधिकारीले बताए । रोगी मान्छे आयुर्वेदिक औषधी खाएर हेन्सम भएका कथा बस्तु गीतमा उतारिएको छ ।

परिवार नै रोगी भएपछी आयुर्वेदिक डाक्टर कहाँ गएर आफ्नो रोग निको भएको कथा बस्तुमा गीत तयार भएको गायक अधिकारीले बताए । सधै मायाँ प्रेममा आधारित गीतहरु हसाउँने रुवाउँने खालका गीत भन्दा फरक खालको गित दर्शक श्रोताले चाहेकाले उक्त गीत तयार गरिएको गायक अधिकारीको भनाई छ ।

आफना आवाजमा अधिल्ला अधिल्ला एल्वमहरु जस्तै यो एल्वमले पनि निकै चर्चा कमाउने गायक अधिकारीको भनाई छ । गीतमा फरक खालको कथा बस्तु तयार भएकाले धेरै दर्शक श्रोताको मन जित्ने अधिकारीको भनाई रहेको छ ।

गीतले रोगले सताए तुरुन्तै आयुर्वेदिक डाक्टरकोमा गए सबै रोगहरु निको हुने महत्व दर्शाएको छ । लोकप्रिय गायक खुमन अधिकारी र गायिक ज्योति मगरको सुमधुरले सजिएको उक्त लोक दोहोरी गितमा झलेन्द्र अधिकारीको शब्द रहेको छ भने गायक खुमन अधिकारीका लय रहेको छ ।

तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको गितमा चर्चित हाँस्य टेलिश्रृखला जिरे खुर्सानीका हाँस्य कलाकार शिवहरी पौडेल (मुखमा हान्नु जस्तो) र ज्योति मगरको अभिनय रहेको छ । शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियो दुर्गा पौडेलले छायाँकङन गरेका छन् ।

हेर्नुस् भिडियोः