३१ आश्विन २०८३, शनिबार

अनुष्काले फेरि तोडिन विराटको मन, के-के लगाइन आरोप ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

virat-kohli-anushka

मुम्बई । टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा वेष्ट इण्डिजसँग टीम इण्डिया हारेपछि क्रिकेटर विराट कोहलीले बलिउड अभिनेत्री एवं प्रेमी अनुष्काको शर्माको पक्षमा ट्वीट गरेका थिए ।

जसले सबैलाई लागेको थियो की दुबैको सम्बन्ध सुध्रियो तर, भारतीय सञ्चार माध्यमका अनुसार अनुष्का शर्मा दोस्रोपटक विराट कोहलीसँग प्रेमसम्बन्ध गाँस्ने मुडमा छैनन् ।

अनुष्काले अब विराटमाथि आफूले भरोसा गर्न नसकिने र अब एक्लै बस्ने बताएकी हुन् । अनुष्कालाई डर छ कि कतै विराटले दोस्रापटक धोका नदेउन । अनुष्का अहिले दुई फिल्मको शुटिङमा व्यस्त छिन् ।

यसअघि विराटले अनुष्का शर्माबाट आफूलाई सधै सकारात्मकता प्राप्त हुन्छ भन्दै आलोचना गर्नेलाई लाज लाग्नुपर्ने बताएका थिए । उनले त्यसो भनेको हप्ता दिन नवित्दै अनुष्काले उनको मन दुखाउनेगरी उनलाई विश्वास गर्न नसकिने भनेकी हुन् ।