३१ आश्विन २०८३, शनिबार

मोडल पूजाले किन मागिन सनी लियोनीसँग १०० करोड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunny & Poojaमुम्बई । टिभी शो ‘बिग बोस’ सिजन छ की प्रतिभागी र मोडल पूजा मिश्राले फिल्म अभिनेत्री सनी लियोनीविरुद्ध आफूलाई अपमान गरेको अभियोगमा बम्बई हाइकोर्टमा मुद्दा दायर गरेकी छिन् ।

पूजाले मुद्दामा सनीका कारण आफूले लाखौँ रुपियाँ गुमाएको भन्दै भारतीय रुपियाँ १०० करोड हर्जानाको माग पनि गरेकी हुन् ।

पोर्नफिल्मबाट बलिउड भित्रिएकी सनीसँग यति ठूलो रकम माग गरेर मानहानीको मुद्दा अदालतमा दर्ता भएको यो घटना पहिलो हो ।

पूजाले ‘बिग बोस’ सिजन छ मा आफू लोकप्रिय प्रतिभागी रहेको भन्दै सनी पछाडि मात्रै सहभागी भएको बताएकी छिन् । शोमा पछाडि सहभागी भएर स्थानीय अखबारलाई आफू विरुद्ध अन्तर्बार्ता दिएर सनी चर्चामा आएको पूजाको आरोप छ ।

सनीको अन्तर्वार्ताका कारण आफूले फिक्स डिपोजिट भङ्ग गर्नु परेका कारण ७० लाख रुपियाँ नोक्सानी भएको पूजाले सनीविरुद्धको मुद्दामा आरोप लगाएकी छिन् । एजेन्सी