काठमाडौं, २३ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सांगठनिक विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को पोलिट ब्यूरोको बैठक आजदेखि बस्दैछ ।
पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा विभागहरूलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । एक पोलिट ब्यूरो सदस्यका अनुसार वर्तमान सरकारको कामकारबाहीको समीक्षा पनि हुनेछ ।
सरकारको कामकारबाहीलाई लिएर चारैतिर असन्तुष्टि बढिरहेका बेला बस्न लागेको एमालेको पोलिट ब्यूरो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारको जमेर आलोचना गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार सरकारले काम गर्न नसकेका विषयमा नेपाल समूहका नेताहरूले खुलेरै बैठकमा प्रधानमन्त्री केपी ओलीको आलोचना गर्ने तयारी गरेका छन् ।
पार्टी संगठन पनि पछिल्लो समय निष्क्रिय रहेको नेपाल समूहको आरोप छ । यस्तै अवस्था रहे आगामी चुनावमा पार्टीलाई ठूलो नोक्सानी पुग्ने नेपाल समूहको भनाइ छ ।
तर, नेपाल समूहको आरोपलाई संस्थापनले अस्वीकार गर्दै आएको छ । नाकाबन्दीका बाबजुद राष्ट्रियताको पक्षमा जोडदार उपस्थिति जनाएको संस्थापनको दाबी छ ।












प्रतिक्रिया